बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बुधबार राति भएको बस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये ६ जनाको पहिचान खुलेको छ ।
मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ ।
त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ कन्चनपुरकी सन्जु थापाको पनि पहिचान खुलेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुईसय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिनुभयो । बाँकी ४ जना मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि राति नै बुटवल रिफर गरिएको थियो । पाँच जनाको स्थानीय आधारभुत अस्पतालमा उपचार भइरहेको छ भने ६ जना सामान्य उपचारपछि घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।
अन्य १० जना घाइतेको कपिलवस्तुकै सन्जिवनी अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये पनि अवस्था गम्भिर भएकाहरुलाई अन्यत्र रिफर गर्ने प्रक्रियामा रहेको पौडेलले बताउनुभयो । मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राती साढे १ बजेमात्र जानकारी भएकोले घाइते र मृतक ४० जनाको उद्धार गरी अस्पताल पु¥याउन नै धेरै समय लागेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।
दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलेको छ । ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक बहादुर कार्की, बस चालक कन्चनपुर भिमदत्त नगरपालिका ४ वस्ने वर्ष ४० का पूर्ण बहादुर चन्द, कैलाली वेलडाडी नगरपालिका– १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका–२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कन्चनपुर भिमद्त्त नगरपालिका–१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कन्चनपुर भिमदत्त नगरपालिका– १८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका–१ बस्ने बर्ष २२ को राजेश दयाल, कन्चनपुर भिमदत्त नगरपालिका– १ बस्ने बर्ष १८ को नितेश सुनार घाइते छन् ।
त्यस्तै गोरखा शहिद लखन गाउँपालिका–७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त नगरपालिका–१४ वस्ने वर्ष ३३ की गिता कुँवर निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढुङ्गा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठ्माण्डौ माहानगर पालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार छन् ।
कन्चनपुर भिमदत्त नगरपालिका १६ वस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा नगरपालिका–१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त नगरपालिका –१८ वस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कन्चनपुर भिमदत्त नगरपालिका १९ बस्ने बर्ष २० को सुमन विष्ट, कन्चनपुर भिमदत्त नगरपालिका–१ वस्ने वर्ष २० को मनोज सिह धामि, सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कन्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको प्रहरीले जनाएको छ ।