बुटवल, फागुन ५ । कपिलवस्तुमा ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । शुक्रबार साँझ ६ बजेतिर घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार छिमेकी १४ वर्षे बालकले उनलाई बलात्कार गरेका हुन् ।
घटनापछि प्रहरीले आरोपी बालकलाई शुक्रबार नै नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको उनले बताए । पीडित बालिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।