बुटवल। रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छिन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जना प्रतियोगीहरूलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् ।
प्रतियोगिताको छनोट चरणमाफागुन ४ गते ४५ जनाप्रतिस्पर्धीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने उक्त प्रतिस्पर्धाबाट २० जनाप्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका निम्ति छनोट भएका थिए । प्रतियोगिताको अन्तिम चरणमा प्रतियोगीहरूले ट्रयाक सहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये ग्रीन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुलका विशेष भुर्तेल द्वितीय, अक्सफोर्ड मा.वि.की दीक्षा कुँवर तृतीय, स्कोलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलकी रेनुका सुनार र इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गानाले सान्त्वना स्थानप्राप्त गरेका छन् । प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले दीप गायन तारा प्रतियोगिता जिल्लाकै नमुना कार्यक्रम रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय परीक्षाबोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले विद्यार्थीको गायन प्रतिभा प्रस्फुटन गराउन सफल भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षता तथा शिक्षक पुरुषोत्तम पाण्डेय र र विजय सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।