बुटवल । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। अर्का युवक गम्भीर घाइते छन् ।
घोराही उपमहागनरपालिका– १८ स्थित कालीका टोलमा रा ७ प ४१८६ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भइ दुर्घटना हुँदा रुकुम पूर्वको भूमे गाउँपालिका– १ का २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ।
शनिबार राति ११स्५५ बजेतिर भएको दुर्घटनाका गम्भीर घाइते पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएकोमा केही बेरमै चिकित्सले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताउनुभयो ।
उक्त मोटरसाइकल दुर्घटनामा परी रुकुम पूर्वको भूमे गाउँपालिका– १ का ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते छन् । प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि घाइते पुनलाई थप उपचारका लागि भैरहवाका पठाइएको जिल्ला प्रहरी प्रवक्ता मल्लले जानकारी दिनुभयो ।
घाइते पुन दाङको घोराही– १८ मा डेरा गरि बस्दै आएका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।