बुटवल । पाल्पाको हात्तीलुङमा भएको सोमबार भएको टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीबाट पाल्पाको घामिकास्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, आर्थोकघाटमा दुर्घटनामा परेको हो ।
पाल्पाको रहवास–खैरेनी सडकअन्तर्गत भएको दुर्घटनामा परी सोही टिपरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने ४ वर्षीय प्रदीप कुमाल र सहचालक १८ वर्षीय मनीष परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न माथागढी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको उहाँले बताउनुभयो।