बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका १ कालाकाटेमा मंगलबार राति बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश ०३–०१–००६ ख–०९७४ नम्बरको रात्रि बस कालाकाटेमा दुर्घटना हुँदा बसमा सवार तीन यात्रु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको भालुबाङमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
बस सडकदेखि पाँच मिटर दायाँको सालको रुखमा ठोक्किन पुगेको ईलाका प्रहरी कार्यालय गढवाकी प्रमुख प्रहरी निरीक्षक नबिन वलीले बताउनुभयो। यात्रुहरुलाई अर्को गाडीमा राखेर काठमाडौं पठाइएको वलीले जानकारी दिनुभयो ।