बुटवल । बुटवलको महत्वपुर्ण सम्पदाका रुपमा चिनाउने उद्देश्यले निर्माण गरिएको जीतगढी युद्ध संग्राहालयले आर्थिक अभावका कारण पूर्णता पाउन सकेको छैन । करिब ७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो संग्राहलय सञ्चालनका लागि थप १२ करोड आवश्यक पर्ने भएपछि आर्थिक अभावमा अलपत्र परेको हो । नेपाली सेना र अंग्रेज फौजबिच भएको युद्धको झल्को दिने र जीतगढीको महत्वलाई उजागर गर्ने यसको मुल उद्देश्य हो ।
बुटवल उपमहानगरपालिका वडानम्बर १ मा पुरानो नगरपालीका रहेको करिब ३ कठ्ठा जग्गामा निर्माण भएको सो युद्ध संग्राहलय गत आर्थिक बर्षमै निर्माण सम्पन्न भएको थियो । संग्राहलय संचालनका लागि आवश्यक सामाग्रीहरु र आन्तरिक सजावट लगाएतका कार्यहरु पुरा गर्न थप बजेटको आवश्यक रहेको बुटवल उपमहानगरपालीकाका प्रमुख खेलराज पाण्डेयको भनाई छ ।
यो संग्राहलयको शुरुवातसँगै बुटवल आउने पर्यटकहरुलाई नुवाकोट, जितगढी किल्ला जस्ता महत्वपूर्ण स्थानको सहजै भ्रमण गराउन सकिने गरि ब्यबस्था मिलाईने छ ।
स्थानियका अनुसार भवन निर्माणकार्य भएपनि युद्ध संग्राहालय संचालनका लागि आवश्यक आन्तरिक साजसज्जा र युद्धकालिन सन्दर्भ सामाग्रीहरु खरिदका लागि बजेट अभावका कारण अलपत्र जस्तै रहेको छ । ठेक्का पाएको भवन निर्माण कम्पनीले सम्झौता अवधीमा निर्माण सकेर उपमहानगरपालिकालाइ हस्तान्तरण गरेको बर्ष वितिसक्दा पनि संगाह्रलय संचालन नहुनुका साथै निकट भविष्यमा पनि संचालन हुने कुनै छाँटकाँट नरहेको स्थानियले बताएका छन् ।
बाहिरको संरचना र मुल भवन निर्माण भैसकेको भएपनि बजेटको श्रोत सुनिश्चित हुन नसक्दा भवन भित्र निर्माण गरिने प्राचिन सामाग्रीहरु, आन्तरिक ब्यबस्थापन, जनशक्ति ब्यबस्थापन, हातहतियार लगाएत युद्ध सामाग्रीहरु, तत्कालिन अवस्थाको पहिरन र परिबेश लगाएतका वस्तुहरु राख्न नसकिएको उपमहानगरपालिकाले जनाएको छ । यद्यपी युद्ध सामाग्रीहरु खोजी गर्ने, संकलन गर्ने कार्यहरु भैरहेको छ ।
उपमहानगरका अनुसार निर्माण कम्पन्नी शिवशक्ति कन्सट्रक्सन प्रालि बानेश्वर काठमाडौंले २०७७ साल माघ २६ गते ठेक्का लिएको र २०८० असार १० गते निमार्ण सम्पन्न गरि बुटवल उप–महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । करिब ७ करोडमा निर्माण सम्पन्न भएको उक्त संग्रहालयमा पूर्णता दिन अझैथप १२ करोड रुपैयाँको आवश्यकता पर्ने बुटवल उप–महानगरका इन्जिनियर गौतम रौनियारले बताए ।
संघिय सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण शुरु गरिएको सो युद्ध संग्राहालय संचालनका लागि थप बजेट जुटाउन आवश्यक प्रयास भैरहेको उल्लेख गर्दै ईन्जिनियर रौनियारले संघिय सरकार र प्रदेश सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरुमा बजेट माग गरिएको जानकारी गराए । भवन भित्र निर्माण गरिने प्राकृतिक तथा कृतिम संरचनाहरुको अध्ययन गरि डिपिआर तयार भैसकेको छ । थप बजेटका लागि प्रदेश र संघिय सरकारको पर्यटन मन्त्रालयमा माग गरिएको उनको भनाई छ ।
लुम्बिनी प्रदेशकै नमुना युद्ध संग्राहलयका रुपमा निर्माण गर्ने भनिएको यो संग्राहलय भवनका आन्तरिक संरचनाहरु तत्काल निर्माण सम्पन्न गरि छिटो सर्वसाधरणका लागि खुल्ला गर्नु पर्ने स्थानियले माग गरेका छन् । यो भवन छिटो निर्माण सम्पन्न गरि सर्वसाधारणका लागि खुला गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउन सकिने अपेक्षा गरिएको स्थानिय हरिप्रसाद उपाध्यायको भनाई छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गरि पर्यटकहरु भित्राउने उद्देश्यले निर्माण भएको यो संग्राहलय ईतिहास र युद्ध सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अध्यताहरुका लागि भविष्यमा खोज तथा अध्ययनको केन्द्रपनि बन्न सक्ने अनुमान गरिएको छ । संघिय र स्थानिय सरकारले लगानी गरेको उक्त संरचनालाई पुर्णता प्रदान गरि सिघ्रातिसिघ्र संचालनमा ल्याउनुपर्ने कुरामा बुटवलबासीहरुले जोड दिएका छन् ।
सन् १८७१ देखि १८७३ सम्म नेपाल र तत्कालिन बेलायती ईष्ट ईन्डिया कम्पनीका अंग्रेज सेनाबिच बुटवलमा पटक पटक युद्ध भएको थियो । पछिल्लो पटक कर्णेल उजिरसिंह थापा नेतृत्वको तत्कालिन नेपाली सेनाले अदम्य साहस, चतुरता र पराक्रम प्रदर्शन गरेर बिजय हासिल गरेको थियो । जीतगढीको बिकास र संरक्षणका लागि नेपाली सेनाले बिशेष चासो ब्यक्त गर्दै आवश्यक सहयोग र सहकार्य गर्दै आएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।