भैरहवा–रुपन्देहीमा बिहीबार ५ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार थपिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या एक हजार आठ सय ६६ पुगेको छ भने ३० जना संक्रमणमुक्त भएका छन्।
विभिन्न ल्याबमा गरिएका परिक्षणअनुसार साँझ साढे ४ बजेसम्म विभिन्न ३ पालिकामा सो कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार बुटवल उपमहानगरपालिका १ महिला १ पुरुष गरी २ जना, लुम्बिनी सांस्कृतिक नागरपालिकामा २ जना पुरुष र तिलोत्तमा नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
जिल्लाका संक्रमित मध्ये १ जना महिला र ४ जना पुरुष हुन्। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ८ सय ६६ पुगेको शाहले जानकारी दिए।
कार्यालयका अनुसार हालसम्म २० जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ११३० जना निको भएर फर्किसकेका छन भने ७१६ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।