बुटवल-रूपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका- १० का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार २२ भदौमा कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका ती पुरुषको आज बिहान एक बजे मृत्यु भएको हो। ती पुरुषमा ज्वरो, श्वासप्रस्वासमा समस्याका साथै निमोनिया रहेकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो।