बाँके-नेपालगञ्जमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना श्रोतव्यक्ति नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राती ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको जानकारी दिए।
फोकलपर्सन श्रेष्ठका अनुसार, उनको फोक्सो दुवै तर्फ निमोनिया देखिएको थियो। स्वास्थ्य समस्या देखिएपछि भदौ २० गते साँझ अस्पतालमा भर्ना गरिएको थियो। त्यही राती स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको जनाएको छ । शनिबार राती साढे एघार बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।