बुटवल-बुटवलबाट चार दिनदेखि बेपत्ता भएका शुद्धोधन गाउँपालिकास्थित मोतीपूर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ।
सोमबार बिहान तिलोत्तमा ११ मधवलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए।
नेपाल बिहीबार राति १२ बजेतिर बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए।
नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी जारी राखेको थियो।
उनका श्रीमती र एक छोरा रहेका छन्। उनका दाजु छवि नेपालको पनि उपचारको क्रममा आइतबार मृत्यु भएको थियो।