बुटवल-अर्घाखाँचीमा एक युवाले क्वारेन्टिन बस्न आग्रह गर्दा आत्महत्याको प्रयास गरेका छन्। शीतगंगा नगरपालिका ७ जुवाकोट बस्ने नेत्र बहादुर पुलामीका २८ वर्षका छोरा धनबहादुर पुलामीले चक्कुले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको अर्घाखाँची प्रहरीले जनाएको छ।
उनी भारतको दिल्लीबाट घर आएका थिए। परिवारले केहीदिन क्वारेन्टिन बस्न आग्रह गरेपछि उनले घाँटीमा चक्कुले रेटेको प्रहरीको भनाई छ। उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।