भैरहवा–रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। १९ महिला र ३६ पुरुष गरी आज मात्रै सो संख्यामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय रुपन्देही अनुसार मंगलबार साँझ ५ बजे सम्म जिल्लाका विभिन्न ५ स्थानीय तहमा संक्रमित थपिएका छन्।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमाहानगरपालिकामा १२ महिला र २१ पुरुष गरी ३३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
त्यस्तै सिद्धार्थनगरमा ११ जना, तिलोत्तमामा ७ जना, सैनामैना ३ जना र देवदहमा १ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार १ सय २७ पुगेको छ।
कार्यालयले दिएको तथ्यांकअनुसार हाल सम्म २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भई हाल सम्ममा १३३९ जना निको भएर फर्किसकेका छन् भने ७८८ जना सक्रिय संक्रमित विभिन्न होम तथा अस्पतालका आइशोलेशनमा उपचाररत छन्।