पर्वत-बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार व्यक्ति मंगलबार पर्वतबाट पक्राउ परेका छन्।
पर्वतको जलजला गाउँपालिकाका ३० बर्षिय कृष्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले उनको गाउँबाट पक्राउ गरेको हो।
पक्राउ परेका कार्कीलाई जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिए।
उच्च अदालत बुटवलले २०७६ वैशाख ८ गतेको फैसलाले ६ महिना कैद र ९ लाख ९० हजार रुपैया जरिवाना तोकेको थियो। रासस