बुटवल-कपिलवस्तुमा खोलाले बगाएर ३ दिनदेखि बेपत्ता भएका विद्युत प्राधिकरण जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको शव फेला परेको छ। वाणगंगा नगरपालिकाको कोइली खोलाले बगाएर बेपत्ता भएका पौडेलको शव आज शुक्रबार फेला परेको नेपाल बिद्युत प्राधिकरण तौलिहवा शाखाका प्रमूख जय कुमार यादवले जानकारी दिए।
उनीसहित अरु २ जनाको पनि खोलाले बगाएर मृत्यु भएको थियो। मृत्यु हुनेमा प्राधिकरणका चालक माधव पाण्डे, लिफ्ट मागेर बनगाई आउने अर्घाखाँचीका केशव भाट क्षेत्री रहेका छन्।
बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कजवे पुलमा आएको बाढीले विद्युत कार्यालयको जीप सहित ६ जनालाई बगाएको थियो। ३ जना पौडिएर बाच्न सफल भएका थिए।