बुटवल । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै जम्मा मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना कोरोना मुक्त भएका छन्।
हाल नेपालमा ३६ हजार ३६७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १४ हजार ८१९ छ भने होम आइशोलेसनमा २१ हजार ५४८ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६६६ छ ।