बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बुटवल–३ गोलपार्कका ५५ वर्षिय पुरुषको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।
गत असोज २५ गते कोरोना संक्रमण पुष्टि भएपछी २७ गते अस्पताल भर्ना भएका ति पुरुषको उपचारको क्रममा आइतबार बिहान ११ बजे मृत्यु भएको हो । डा. गौतमका अनुसार ति पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए ।