दाङ । दाङ र अर्घाखाँचीको सिमानामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत शितगंगा नगरपालिका–८ भालुबाङ्ग नजिकै रा १ ख २०२१ नम्बरको टिप्परको ठक्करबाट साइकलमा सवार गढवा गाउँपालिका–१ जुरौनी निवा २४ बर्षिय जमुना कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
साइकल चालक ५८ बर्षिय बुद्धिराम कुमाल गम्भीर घाइते भएको र उनको भालुबाङ्ग स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि बुटवल पठाइएको डाक्टर पुष्प भुसालले जानकारी दिए । भालुबाङ्गबाट सामान किनेर साइकलमा घर फर्कदै गरेको बेला टिप्परले ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।