नेपालगन्ज–बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।
यो सँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारको लागि आई उपचारकोक्रममा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं.४, निवासी ७० वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमै शनिवार बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार, स्वास प्रस्वासमा समस्या भएपछि कार्तिक ११ गते अस्पताल भर्ना हुुनभएका पुरुषमा परीक्षणको क्रममा कार्तिक १२ गते कोरोना पुष्टि भएको थियो ।
सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापी लगायत सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो ।