काठमाडौँ – भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे बुधबार नेपाल आउँदैछन् । उनी बिहान ११ बजे विशेष विमान मार्फत काठमाडौँ उत्रने छन् ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।
भ्रमणअघि नरावणेले दुई देशका सेनाबिचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।
नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका उनी शनिबार स्वदेश फर्किने छन्।
नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ। नरावणे सोही उपाधि ग्रहण गर्न नेपाल आउन लागेका हुन्।