बुटवल–रुपन्देही प्रशासनले देउसी भैलो खेल्न रोक लगाएको छ। स्वास्थ्य मन्त्रालयले तय गरेका सुरक्षा मापदण्डको पालना गर्न निर्देशन दिदै प्रशासनले भुइँचम्पा, पटाका पट्काउन र आतीसबाजी नगर्न प्रशासनले भनेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जारी गरेको सूचनामा भीडभाड नगर्न, अनावश्यक रुपमा आवतजावत नगर्न, भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ।