बुटवल । सेवाग्राहीसँग घूस लिँदालिँदै रुपन्देही जिल्लाअदालतका दुई कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई कर्मचारीलाई पक्राउ गरेको हो । रुपन्देही अदालत नापी सर्वेक्षक सुमित चौलागाईं र मनोज थापालाई पाँच हजार रकमसहित अख्तियार टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश भुसालले बताए । उनीहरु अदालतमा बिचाराधीन जग्गा बिबाद बारे कोेटहीमाई गाँउपालिका वडा नं.१ बोगदिया गाँउमा जग्गा नाप्न जाँदा सेवागह्रीसँग पाँच हजार घूस लिने क्रममा स्थानीयले दिएको गोप्य जानकारीको आधारमा टोलीले छापा मारी पक्राउ गरेको हो ।