दाङ–दाङ लमही स्थित अजम्मरी सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको छ। जंगल गएका युवाले देखेपछी वन कार्यालयलाई खबर गरेका थिए। दुई दिन अघी चितुवा मरेको अनुमान गरिएको छ।
चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ। जंगली जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुन सक्ने अनुमान गरिएको छ।
मृत फेला परेको चितुवालाई डिभिजन वन कार्यालय देउखुरीले व्यवस्थापन गर्ने सहायक वन अधिकृत पुरण चौधरीले जानकारी दिए। चितुवा मरेको खबर भएपछी संरक्षणकर्मी चिरञ्जिवी खनाल लगायत उपभोक्ताहरु जंगल क्षेत्रमा पुगेका थिए।