बुटवल- बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ७७ वर्षको उमेरमा आफ्नै निवास अमरपथमा निधन भएको उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खेम हमालले जानकारी दिए। श्रेष्ठ केही समयदेखी फोक्सो सम्बन्धी समस्याबाट पिडित थिए।
उनी २०४७ सालदेखी २०५३ सालसम्म बुटवल उद्योग बाणिज्य संघको अध्यक्ष थिए। पछि नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमिति सदस्य पनि भएका थिए। स्वर्गीय हिराप्रसाद श्रेष्ठका दुइ छोरा र दुइ छोरी छन्। जेठा छोरा सुरेन्द्रप्रसाद श्रेष्ठ पनि बुटवल उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष र नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमिति सदस्य भइसकेका छन्।
विभिन्न सामाजिक संस्थामा पनि आबद्ध स्वर्गीय श्रेष्ठ शिद्धार्थ गौतमबुद्ध क्याम्पसका अध्यक्ष समेत थिए। स्वर्गीय हिराप्रसाद श्रेष्ठको आजै नवलपरासीको त्रिवेणीमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ।