भैरहवा : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार विहान आगालागी भयो । खनालपुर बिमानस्थलबाट आएको १५ जना सवार अल्फा एयरलाईन्सको ९ एनएएको बिमान अवतरण गर्ने क्रममा दुर्घटना भई अगालागी भयो ।
साइरन बजाउँदै दमकलहरू दौडन थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिदै घटना स्थल तर्फ लाग्यो ।
विमानस्थलभित्र अप्रिय घटना घट्यो भन्दै एयरपोर्ट वरिपरिका मानिसहरुले आत्तिए । विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा बिमानस्थल दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो ।
उता आगलागीलाई उद्दार तथा अग्नी निवारण शाखाको अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिदै थिए । फोक र पानी सहितको वारुण यन्त्र दमकलले आगो नियन्त्रणमा आयो । दुर्घटनामा केही घाइते भए जसमा सिमस्तलाई तत्काल एम्बुलेन्स बाट भिम अस्पताल पु¥याइएयो र सामान्यको त्यही प्राथमिक उपचार भयो । सबै मिली घाइतेको उद्दार गरे । यि सवै घटना नमुनाको रुपमा गरिएको थियो ।
अभ्यासका लागि गराइएको परिकल्पना सहितको यो दुर्घटना पनि आपतकालिन उद्धार के कसरी गर्ने भनि गरिएको अभ्यास होे । नागरिक उड्डययन प्रशिक्षण प्रतिष्ठानले घटना न्युनिकरण गर्न र उद्धारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले अभ्यास गरेको छ । ८ जना प्रशिक्षार्थीलाई विमानस्थलमा प्रतिष्ठानका उपनिर्देशक छविलाल खनाल सहितको टिमले ५ दिने प्रशिक्षण दिई शुक्रबार अभ्यास गरेका हुन ।
प्रतिष्ठानले प्रत्येक वर्ष अभ्यास गराए पनि भैरहवामा अहिले सबै सरोकारवाला क्षेत्रलाई समावेश गरी अभ्यास गरिएको उपनिर्देशक खनालले जानकारी दिए । पढाई भन्दा पनि घटना भएपछिको आपतकालिन अवस्थामा कसरी प्रस्तुत हुने बारे अभ्यास गराइएको हो ।
जहाज दुर्घटना भएपछि उद्धारमा विमानस्थल भित्र रहेका सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास मार्फत सचेत गराउन र आफु कसरी प्रस्तुत हुने भनि देखाउन तालिम पश्चात अभ्यास गराइएको नागरिक उड्डययन प्रशिक्षण प्रतिष्ठानका उपनिर्देशक खनालले जानकारी दिए ।
गौतमबुद्ध विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन गौतमबुद्ध बिमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको विमानस्थलका शासन अधिकृत तथा सूचना अधिकारी विनोद रावतले बताए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डमा रहेर उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी आपतकालिन अभ्यास गरिएको विमानस्थल प्रमुख टेकराज पोखरेलले जानकारी दिए । जहाज वास्तविक रुपमा दुर्घटना हुदा नआत्तिकन मनोबल बढाउदै उद्दारमा खटिनु पर्छ । दुर्घटना नहोस तर भइहाले पनि हामी तयार अवस्थामा छौ भन्ने सन्देश दिन पनि यो अभ्यास गरेको पोखरेलले भने ।
नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान अन्तर्गत रहेको उद्वार तथा अग्नि निवारण संकायले गरेको ५ दिने तालिममा ८ जना अग्नि निवारकले सहभागिता जनाएका थिए । उद्वार तथा अग्नि निवारण अप्रेशनका प्रमुख सुनिल चापागाईले संवेदनशील क्षेत्र विमानस्थलमा कुनैपनि बेला भइपरी आएको खण्डमा पूर्वतयारी स्वरुप यस्तो अभ्यास गरिएको बताए ।
उद्वार तथा अग्नि निवारणको पहिलो उद्देश्य र प्राथमिकता नै पहिलो ज्यान बचाउने, धनजनको सुरक्षा र सेवा दिने भएकोले कसैको जिवन रक्षाका लागि सधैव तयारी अवस्थामै रहेर दुर्घटना न्युनिकरणमा पहिलो भुमिका खेल्दै आएको बताए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिएको आपतकालिन अभ्यासमा बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजका स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । (फोटो फिचर सहित)