बुटवल- एक डेढ महिना यता बुटवलबाट नजिकका चुरेपहाड यसरी छ्याक्क देखिँदैन थियो । न त उचाइबाट बुटवल बजारको दृष्य नै । चैत्रको मध्य तिर बुटवल सहित देशका विभिन्न ठाउँमा वायुप्रदुषण बढेको थियो ।
चैत्र १७ गते त प्रदुषण खतराकै तहमा पुगेको थियो । सो दिन मध्यान्न बुटवलको वायु गुणस्तर सुचक एयर क्वालिटी इण्डेक्स ३ सय ५० देखीएको थियो । त्यस पछि वायुप्रदुषण घटेपनि बादल लागेर आकार पुरै खुलेको थिएन।
विहिवार विहान हावाहुरी सहित बर्षा भएपछि बुटवल लगायत आसपासका विभिन्न ठाउँको मौसम सफा भएको छ। वरपरको वातारण हराभार देखिएको छ। नजिकका पहाडहरु पनि सफा र प्रष्ट देखिएका छन्।



