बाँके - कोरोना संक्रमणबाट बाँकेका अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको हो । बुधबार रातीदेखी विहान सम्म यी संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने मध्ये ५ जना बाँके र दुइ दुइ जना वर्दिया र दाङका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बाँकेकै बैजनाथ गाउँपालिका-६ का ६४ वर्षीय पुरूषको बिहीबार विहान ४.३० बजे, बाँकेकै डुडुवा गाउपालिका(३ की ५० वर्षीया महिलाको बिहीबार विहान १ बजे, बाँकेकै नरैनापुर गाउँपालिका-५ का ४२ वर्षीय पुरूषको बिहीबार विहान २स्४५ बजे र नेपालगञ्गज उपमहानगरपालिका-१२ बाँकेकी ७६ वर्षीया महिलाको बिहीबार विहान ३स्४५ बजे नै मृत्यु भएको हो ।
यस्तै भेरी अस्पतालमा उपचाररत राजापुर-६ बर्दियाकी ५६ वर्षीया महिलाको बुधबार साँझ ७:४५ बजेको मृत्यु भएको छ। यस्तै गुलरिया बर्दियाकी ३२ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा बुधबार राति १०:३५ बजे मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका -५, दाङकी ३५ वर्षीया महिलाको बिहीबार विहान ५:३० बजे र तुलसीपुर उपमहानगरपालिका-६, दाङकै ४३ वर्षीय पुरूषको बुधबार राति ८:४५ बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २१४ पुगेको छ भने अन्य जिल्ला बाहिरका १६३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।