बुटवल - रुपन्देहीका उद्योगी सतिशचन्द्र कसौधनको निधन भएको छ । १५–२० दिनदेखी काठमाण्डौमा उपचाररत कसौधनको आज निधन भएको नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले जानकारी दिए ।
कोरोना संक्रमणका कारण अवस्था गम्भीर देखिएपछि उनलाई काठमाण्डौको सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका कसौधन नेपालकै पुराना साबुन उद्योगी हुन् । कसौधनका एक श्रीमती २ छोरा छन्।