बुटवल । प्रधानमन्त्रीबाट बिदा हुनुअघि केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् । भोलि बुधबार बालकोटस्थित निवास फर्कनुअघि ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।