बुटवल-बुटवलबाट सञ्चालित बुद्ध टेलिभिजन १४औ वर्षमा प्रवेश गरेको छ। २०६५ सालको कृष्ण जन्माष्टिका दिन स्थापना भएको शान्तिका लागि सञ्चार अभिायनद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजबाट १४ औं वर्षमा प्रवेश गरेको हो । टेलिभिजनले कोभिड महामारीका कारण सामान्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ।
बुटवल-बुद्ध टेलिभिजन समुदायको सच्चा सहयात्री बनेको टेलिभिजनका कार्यवाहक अध्यक्ष गोपाल ज्ञवालीले बताए। उनले टेलिभिजनलाई लुम्बिनी प्रदेशको अग्रणी टेलिभिजनका साथै देशकै उत्कृष्ट संचार संस्थाका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे।
कोभिड महामारीका कारण यस पटक पनि औपचारिक कार्यक्रम भने नगरिएको टेलिभिजनले जनाएको छ । कोभिडसंगै संचार माध्यमहरुमा आइपरेको चुनौती चिर्नका लागि आगामी दिनमा रणनितिक योजना बनाएर अघि बढ्ने टेलिभिजनका निमित्त कार्यकारी अधिकृत विक्रम खड्काले बताए।