बुटवल-लुम्बिनी प्रदेश सरकारले स्मार्ट सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बुटवल स्थित यातायात व्यवस्था कार्यालयबाट परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण कार्यको सुरुवात गरेका हुन्।
सवारी चालक अनुमति पत्र प्राप्त गर्न प्रदेशका जनताले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले परीक्षणकालिन रुपमा सवारी चालक अनुमति पत्र बितरण कार्यको सुरुवात गरेको उनले बताए।
मुख्यमन्त्री केसीले एक वर्ष भित्रै सवारी चालक अनुमति पत्रका लागि आवेदन दिएका सबैले सहज रुपमा सेवा प्राप्त गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे।