काठमाडौं-नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन् ।
केदार देवकोटा नेतृत्वमा संगठनका नेताहरू कार्यालयमा बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेको थियो । त्यसपछि दुवै पक्षबीच विवाद भएको थियो । विवादपछि प्रहरीले देवकोटासहितका ९२ भन्दा बढी कर्मचारी नेतालाई पक्राउ गरेको हो ।
केही दिन अघि माधव नेपाल पक्ष र ओली पक्षीय कर्मचारीहरूले छुट्टाछुट्टै भेला आयोजना गर्दै अध्यक्ष घोषणा गरेका थिए । त्यसपछि एउटाले कार्यालय नछोड्ने र अर्कोले कार्यालय कब्जा गर्ने रणनीति बनाएपछि विवाद भएको हो ।