काठमाडौं : त्रिभुवन विश्व विद्यालयले शैक्षिक सत्र २०७७-७८मा सबै क्याम्पसहरुलाई एक वर्षे शिक्षाशास्त्र संकाय (बिएड) तर्फको भर्ना नगर्न आग्रह गरेको छ ।
त्रिविले मंगलबार औपचारिक रुपमा विज्ञप्ति जारी गर्दै बार्षिक प्रणालीमा सञ्चालन भइरहेको उक्त तहलाई सेमेष्टर प्रणालीमा लैजानको लागि भर्ना रोकिएको जानकारी दिएको हो ।
