काठमाडौँ : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मृगौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरे ।
उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीय मृगौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह टामटालाई रु १० हजार सहयोग प्रदान गरेका हुन् ।
लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहेका दुवै जनालाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेकोे उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए । रासस