काठमाडौँ : नेपालभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा भक्तपुरमा ७४, ललितपुरमा १०६ र काठमाडौंमा ७६० जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ ।
गत २४ घण्टामा ४१० जना उपचारपछि डिस्चार्ज भएका छन् , योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ७५५ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९५.९ प्रतिशत छ ।
पछिल्लोे २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२२ पुगेको छ ।