तानसेन-पाल्पामा मंगलबार थप ४१ जनामा कोरोना सङ्ंक्रमण पुष्टि भएको छ। योसँगै पाल्पामा सक्रिय संङ्क्रमितको संख्या १ सय ९८ पुगेको छ।
७८ वटा स्वाब परीक्षण भएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।
एक हप्ताको अवधिमा भएको परीक्षणमा संकलित स्वाब परीक्षण मध्येमा आधाभन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
मंगलबार मात्र तानसेन नगरपालिका भित्रका ३१ जना, बगनासकाली, माथागढी र रिब्दिकोट गाउँपालिकाका २-२ जना, रम्भा, तिनाउ, निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा एक-एक जनामा संक्रमण पुष्टि भएको छ।
पाल्पामा कुल संक्रमितको संख्या २ हजार २ सय २० पुगेको छ ३९ जना सक्रमितको मृत्यु भएको छ भने १ हजार ९ सय ८३ जना निको भएका छन्। पाल्पामा मंगबारदेखि अनिश्चितकालको लागि शैक्षिक संस्थाहरु बन्द भएका छन् भने सबै किसिमका परीक्षाहरु स्थगित भएका छन्।