काठमाडौं : लसुन आयुर्वेद मध्य एक औषधी हो । जसले हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ । हामीले तरकारीमा लसुनको प्रयोग गरिरहेका हुन्छौ । लसुनले कुनै पनि खानाका परिकारहरुलाई स्वादिष्ट बनाउन सहयोग गर्छ ।
लसुन खाली पेटमा किन खाने ?
खाली पेटमा खाएको लसुनले स्वास्थ्यमा धेरै फाइदा पुर्याउछ । पानी उमालेर त्यसमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । खाली पेटमा चपाएर लसुन खादा खानामा रुची बढनुका साथै नसा झमझमाउने समस्या पनि हराएर जान्छ ।
यसरी लसुन सेवन गर्नाले मुटुरोग, हर्ट अट्याकको खतरा कम हुन्छ । ब्लड सर्कुलेशन प्रक्रियालाई सही बनाइराख्दछ । उच्च रक्तचाप नियन्त्रणमा पनि लसुनको महत्वपूर्ण भुमिका रहन्छ ।
खाली पेटमा लसुन खादा हुने फाइदाहरु निम्नानुसार छन् :
- मुटु स्वस्थ रहन्छ,
- उच्च रक्तचापबाट छुटकारा,
- पेटको रोग नियन्त्रण गर्दछ ,
- पाचन प्रणालीमा सहयोगी,
- टेन्सन तनाबबाट मुक्त,
- रुघाखोकीमा राहत,
- दाँतको दुःखाईबाट छुटकारा । (लसुनमा एन्टीबैक्टीरियल र दुःखाई कम गर्ने गुण पनि रहेको हुन्छ । )
यस्तै अचुक फाइदा रहेकाले चिकित्सकहरुले हरेक दिन लसुन खान सल्लाह दिने गर्दछन् ।