रुपन्देही । उद्योग व्यापार संगठन, रुपन्देहीले आगलागी तथा चोरी भएका व्यवसायिक प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ ।संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको नेतृत्वको टोलीले आज दुईवटा व्यवसायिक प्रतिष्ठानमा पुगेर रकम हस्तान्तरण गरेको हो ।
गत चैत २७ गते आगलागी भएको सिद्धार्थनगर नगरपालिका–५ स्थित हरि ओम फूल घर एवं डेकोरेट्स तथा गत वर्षको असोजमा चोरी भएको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित अंकृता सप्लायर्सका सञ्चालकलाई संगठनले रकम हस्तान्तरण गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
हरि ओम फूल घर एवं डेकोरेटर्सका सञ्चालक तेजबहादुर सहानी र अंकृता सप्लायर्सका सञ्चालक राजेशप्रसाद हरिजनलाई रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्न संगठनका अध्यक्ष ज्ञवालीसहित उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, कोषाध्यक्ष राम मिलन यादव व्यवसायिक प्रतिष्ठानमा पुग्नुभएको थियो ।