बुटवल । रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ११ सय ३१ मतले अग्रता लिनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार पौडेलले १७ हजार ६ सय ६३ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले १६ हजार पाँच सय ३२ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।
सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले १४ हजार तीन सय ५५ मत प्राप्त गर्नुभएको छ । हालसम्म ५२ हजार चारसय २४ मत गणना भएको छ ।