बुटवल । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।
शुक्रबार भएको नेपाल र अफगानिस्तानबिचको खेलमा १ विकेटको जित निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० हजार दिने घोषणा गरेको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठा माथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको मात्र नभई नगरप्रमुख खाणले बताउनुभयो ।
कप्तान खनालले अफगानिस्तानविरुद्ध अर्धसतकियपारीसहित ५८ रनको योगदान दिएका थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ का स्थायी बासिन्दा रहेका कप्तान खनालले सिंगो नगरको समेत प्रतिष्ठा बढाएको नगरप्रमुख खाणले बताउनुभयो ।
नगरपालिकाले यसअघि पनि ३ जना खेलाडीलाई नगद जनही ५० हजार रुपैयाँले सम्मान गरेको थियो ।