बुटवल । पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिप्पर एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन । काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर गएराती १० बजे तिर सुनवल–४ अल्कत्रे डाँडा नजिकै ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते मध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिनुभयो ।
टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् । बस चालक भने घाइते भएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको विवरण
देवदह मेडिकल कलेज भलुहीमा उपचार भईरहेको
१. बस चालक कैलाली चुरे गाउँपालिका ४ बस्ने वर्ष ३९ का कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट अवस्था मध्यम ।
२. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका १२ बस्ने वर्ष अं ३४ को गिरिराज भुसालको टाउकोमा चोट अवस्था मध्यम ।
३. जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० बस्ने वर्ष अं २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
४. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका ४ बस्ने वर्ष अं. १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट अवस्था सामान्य ।
५. जिल्ला बाजुरा कोल्टी ९ बस्ने वर्ष ४० कि महिला राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट अवस्था सामान्य ।
६. ऐ.ऐ निजको छोरा बस्ने वर्ष अं १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।
७. ऐऐ बस्ने निजको छोरा बर्ष अं ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य ।
८. जिल्ला नवलपुर देवचुली १२ गैडी बस्ने वर्ष अं ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था सिरियस । ऐ २३–२५ बजे बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर भएको ।
९. जिल्ला बर्दिया मधुबन ७ बस्ने वर्ष अं २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम ।
१०. जिल्ला नवलपरासी सुनवल ८ बस्ने वर्ष अं ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य ।
११. ऐ।ऐ। बस्ने निजको छोरा वर्ष अं ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।
१२. ऐ।ऐ। बस्ने निजको छोरा वर्ष अं३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य ।
१३. जिल्ला बाजुरा हिमाली ७ बस्ने वर्ष अं ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम ।
लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको
१४. जिल्ला बाजुरा बुढीनन्द १ बस्ने वर्ष अं ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य ।
१५. ऐ।ऐ। बस्ने निजको श्रीमती वर्ष अं ४५ कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य ।
१६. जिल्ला बाजुरा दुर्गाथली ४ बस्ने वर्ष अं २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य ।
१७. जिल्ला बाजुरा गौमुल ६ बस्ने वर्ष अं १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य ।