बुटवल । लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका–६ का यादवको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो।
घरमै निधन भएका यादवको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । इमानदार नेताको छवि भएका यादवलाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ मा लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।
लामो समय शिक्षण पेशामा रहेका यादवले राजीनामा दिएर नेकपा एमालेबाट ०४८ र ५१ को मध्यावधि निर्वाचनमा भाग लिनुभएको थियो ।