काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु अन्सारीको आइतबार निधन भएको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद रहनुभएकी उहाँको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टीको तर्फबाट तात्कालीन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछि पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधिसभा सदस्य चुनिनुभएको थियो ।