सुनवल । जीवन बिमाका क्षेत्रमा काम गर्दै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा सचेतना तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पश्चिम नवलपरासीको सुनवल शाखाले सोमबार सुनवल नगरपालिका–१० हसनापुरमा स्थानीयहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा जीवन बिमाको उद्देश्य, महत्व र यसका फाइदाबारे सहजीकरण गरीएको थियो । कम्पनीकी एमडिआरटी बिना गौतमले जीवन बिमाको महत्व र जीवन बिमाले मानविय जीवनमा प्रदान गर्ने फाइदाहरुको बारेमा जानकारी गराउनुभयो । त्यसैगरी उहाँले कम्पनीद्वारा हाल सञ्चालन हुँदै आएका विभिन्न बिमा योजनाबारे पनि सहभागीलाई जानकारी दिनुभयो ।
कम्पनीले आफ्ना बिमितलाई स्वास्थ्य सुविधाअन्तर्गत ३५ प्रकारका घातक रोगविरुद्धको बिमाङ्क रकम प्रदान गर्दै आएको गौतमले बताउनुभयो । जीवन बिमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पुँजी निर्माण गरी भविस्यमा लाभ लिन सकिने उनले बताइन् ।
कार्यक्रममा सुनवल नगरपालिका–१० का वडाध्यक्ष दिलबहादुर थापाले समाजमा हुने गरेको फजुल खर्चलाई न्यूनीकरण गरी बिमामा बचत गराई जीवनमा आई पर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो । सम्पूर्ण जनमानसमा जीवन बिमासँग सम्बन्धित विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । अखाद्य वस्तुको बढ्दो प्रयोग, विभिन्न केमिकल र रङ मिसाएको खानेकुरा, जंग फुडको सेवनले गम्भिर स्वास्थ्य समस्या निम्ताइरहेको वडाध्यक्ष थापाको भनाइ थियो । वडाले नागरीकको स्वास्थ्यलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै सुनवल शाखा प्रमुख विन्दु भण्डारीले मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँदा विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्ने बताउनुभयो । जीवन बीमाको पहुँचलाई सामान्य नागरीकसम्म पु¥याउने उद्देश्यका साथ जीवन बीमासँग सम्बन्धित विषयमा सचेतना तथा साक्षरता कार्यक्रम सञ्चालन गरीएको उहाँले बताउनुभयो । साथै सूर्यज्योति लाइफ इन्स्योरेन्सको जुनसुकै बिमा योजनाहरु ढुक्क भएर बिमालेख खरिद गर्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्ववडा सदस्य धनेश्वर कवर, स्थानीय समाजसेवी थानेश्वर पाण्डेलगायतले बोल्दै आर्थिक अबस्था सामान्य भएका नागरिकलाई जीवन बिमा सहयोगी बन्ने बताउनुभयो । सोही अवसरमा बिमा गरेको ५ महिनामै मस्तिष्कघात भएर उपचार गराइरहेका तिलबहादुर पुनलाई बिमा बापतको ८ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा बाल सञ्जाल संयोजक सुनिता पाण्डे, पूर्वअमिन कारी यादव, आमा समूहसँगै स्थानियको सहभागिता रहेको सुनवल शाखाका अपरेसन इन्चार्ज इन्द्र घर्तीमगरले जानकारी दिनुभयो ।