बुटवल । बुटवलमा आईसीयू बेड नपाएर संक्रमितको मृत्यु हुन थालेको छ । पछिल्लो समय लगातार लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछी कोरोना अस्पतालमा बेड भरीएका छन् ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बेड नपाएपछी दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा थप एक संक्रमितको बाटोमै मृत्यु भएको छ । अर्घाखाँचीको भुमिकास्थान–९ का ७३ वर्षिय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने आठबजे बाटोमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।
अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका ति पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा गत मंगलबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछी उनलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो । अन्ततः उनको बुटवलमा आईसीयू बेड नपाएका कारण मृत्यु भएको छ ।
ति पुरुषको स्वास्थ्यमा गयराती थप समस्या देखिएपछि अस्पतालले दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो ।