बुटवल ।
बुधबार देशभर १२ जनाको मृत्यु भएको थियो । त्यस्तै मंगलबार देशभर १८ जना, सोमबार ९ जना र आइतबार २२ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
नेपालमा बिहीबार थप तीन हजार सात सय ४९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कूल संख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ । बिहीबार १६ हजार पाँच सय ९८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै बिहीबार तीन हजार पाँच सय ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ८४ हजार पाँच सय १८ पुगेको छ । अब नेपालमा ३६ हजार पाँच सय ३३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै चार हजार आठ सय २५ जना क्वरेण्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।