बुटवल । बुटवलको धागोकारखानास्थित कोरोना बिशेष अस्पतालमा तिलोत्तमाका एकजना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान सवा सातबजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आईसीयूमा राखेर उपचार भईरहेको थियो ।