एजेन्सी-अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृति दिएको छ । अमेरिकाको खोप सम्बन्धी नियामिक ‘एफडिए’ले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको हो ।
फाइनान्सियल टाइम्सका अनुसार विज्ञहरुको सिफारिसमा मोडेर्नाको खोपलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिइएको हो ।
फाइजर बायोएनटेकको खोपको परीक्षण शुरु गरेको केही दिनमै दोस्रो खोप पनि प्रयोगका लागि विज्ञहरुले सिफारिस गरेका हुन् ।
यसअघि एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्न सुझाव दिएको थियो ।
अहिले अमेरिकाभर फाइजर बायोएनटेकको खोप जोखिममा रहेको समूहलाई पहिलो प्राथमिकतामा राखेर दिन थालिसकिएको छ ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ७१ लाख ९८ हजार भन्दा धेरै संक्रमित भएका छन् । तीन लाख दश हजार सात सय अमेरिकीको मृत्यु भैसकेको छ ।
अमेरिकामा एकै दिन तीन हजार भन्दा धेरैको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।