काठमाडौँ: रााजधानीमा आयोजित सरकारविरुध्दको सभालाई सम्बोधन गर्दै दहाल–नेपाल पक्षीय नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी प्रवृतिको अन्त्य भएरै छाड्ने बताएका छन् । मंगलबार दिउँसो आयोजित भेलामा उनले केपी शर्मा ओलीलाई राजा ज्ञानेन्द्रसँग तुलना गर्दै फेरी २०६२÷६३ को संकेत देखिएको बताए ।
‘२०६२÷६३ सालमा राजतन्त्र निरंकुश बनेपछि राजतन्त्र फाल्नका लागि हामीले सडकबाट आन्दोलनको सृष्टि गर्नु परेको थियो’ उनले भने–‘अहिले त्यही सुनामीको संकेत देखिँदैछ ।’
अगाडि बढ्दै उनले अहिले ज्ञानेन्द्र राजको नभई ओली प्रवृतिको नाश भइछाड्ने बताए । ‘विडम्बना अहिले ज्ञानेन्द्र राजको होइन, अब केपी वंश र केपी प्रवृतिको नाश भइ छाड्नेछ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक कदम चालेका कारण नेपालले आफूहरू सडकमा उत्रिएको प्रष्ट पारे । ‘आज पनि म यो विशाल सभालाई सम्बोधन गर्दै भन्छु निरंकुश शैली अपनाएकाले केपी ओलीको पनि नेतृत्व गर्ने आयु अब सकियो ।’