बारा- बारामा कारको ठक्करबाट एउटा पाटे बाघ मरेको छ। जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा बाघलाई कारले ठक्कर दिएको थियो ।
हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान सवा ७ बजे ठक्कर दिएको थियो। बाघ १० वर्षको पूर्ण वयस्क पाटे रहेको बारा प्रहरीले जनाएको छ। पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो ।
कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको पर्सा राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले बताए।